Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

स्पेनको पुनरागमन जितमा जर्जिया स्तब्ध !

स्पेनको पुनरागमन जितमा जर्जिया स्तब्ध !

  • काठमाडौं । फिफा विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटमा स्पेनले पुनरागमन जित हात पारेको छ । आइतवार राति भएको खेलमा स्पेनले जर्जियामाथि २-१ को पुनरागमन जित हात पारेको हो । मैदानमा खेलको ४४ औं मिनेटमा केभिचाले गोल गर्दै जर्जियालाई अग्रता दिलाएका थिए । , दोस्रो हाफमा स्पेनले उत्कृष्ट पुनरागमन गर्यो । खेलको ५६ औं मिनेटमा फेरान टोरेसले गोल गर्दै स्पेनलाई १-१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा डानिल ओल्मोले गोल गर्दै स्पेनलाई २-१ को जित दिलाए ।

    images
    images
    images

    यस्तै खेलको इन्जुरी समयमा लिभानले रातो कार्ड पाएपछि जर्जिया १० खेलाडीमा समेटिएको थियो । विश्वकप छनौटमा स्पेनको यो पहिलो जित हो । पहिलो खेलमा स्पेनले बराबरी खेलेको थियो ।

    यस जितसँगै समूह बी को स्पेनले २ खेलमा ४ अंक जोडेको छ । जर्जिया अंक विहीन रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij