Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

सान मारिनोको पोष्टमा इंग्ल्यान्डको ५ गोल !

सान मारिनोको पोष्टमा इंग्ल्यान्डको ५ गोल !

  • काठमाडौं फिफा विश्वकप फुटबल छनौट अन्तर्गत युरोपियन छनौटमा इंग्ल्यान्डले फराकिलो जित हात पारेको छ । बिहीवार राति भएको खेलमा इंग्ल्यान्डले सान मारिनोलाई ५-० गोल अन्तरले पराजित गरेको हो । खेलको १४ औं मिनेटमा जेम्सले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए । २१ औं मिनेटमा लेविनले गोल गर्दै टिमको अग्रता २-० को बनाए ।खेलको ३१ औं मिनेटमा रहिमले गोल गरेपछि पहिलो हाफमा इंग्ल्यान्ड ३-० ले अघि रह्यो । खेलको ५३ औं मिनेटमा लेविनले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता ४-० को बनाए ।

    images
    images
    images

    त्यसपछि खेलको ८३ औं मिनेटमा वाट्किन्सले गोल गर्दै इंग्ल्यान्डलाई ५-० को जित दिलाए । जितसँगै समूह ‘आई’ को इंग्ल्यान्डले पहिलो खेलमा ३ अंक जोडेको छ । सान मारिनोले भने हारबाट छनौटको शुरुवात गरेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij