
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । राष्ट्रिय फुटबल टिमले केटीएम सिटीको नयाँ जर्सी लगाउने भएको छ । विगत तीन वर्षदेखि केल्मीको जर्सी लगाउँदै आएको फुटबल टिमले अब केटीएम सिटीको जर्सी लगाउने भएको हो । केल्मीसँग तीन वर्षको सम्झौता सकिएसँगै एन्फाले टेण्डर प्रक्रियाबाट राष्ट्रिय फुटबल टिमलाई नयाँ प्रायोजक खोजेको हो । एन्फाले राष्ट्रिय टिमको जर्सीका लागि शेर्पा आउटडोरलाई नयाँ प्रायोजकको रुपमा छनोट गरेको छ ।
नेपालले त्रिदेशीय फुटबलमा आज (बुधवार) पहिलो खेल खेल्दैछ । नेपाली टिम केटीएम सिटीको जर्सी सहित मैदान उत्रने तयारी गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij