
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । इंग्ल्यान्डविरुद्धको पहिलो एकदिवसीय खेलमा भारतले सानदार जित निकालेको छ। पुनेमा मंगलबार भएको पहिलो एकदिवसीयमा भारतले इंग्ल्यान्डलाई ६६ रनले पराजित गरेको थियो । यस जितसँगै भारतले ३ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ। भारतले दिएको ३ सय १८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको इंग्ल्यान्डले ४२ ओभर १ बलमा अलआउट हुँदै २ सय ५१ रनमात्र जोड्न सक्यो। इंग्ल्यान्डका लागि जोनी बेयर्स्टोले ९४ रनको इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन्। यस्तै जासन रोयले ४६ रन जोड्दा मोइन अलीले ३० रन बनाए। कप्तान इयान मोर्गन २२ रनमा आउट हुँदा साम विलिङ्सले १८ रन जोडे। इंग्ल्यान्डलाई सस्तैमा रोक्न भारतका डेब्यु खेलाडी प्रशिद्ध कृष्णले ४ विकेट लिए। सार्दुल ठाकुरले ३ विकेट लिँदा भुवनेश्वर कुमारले २ विकेट लिएका थिए । यसअघि पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ५ विकेट गुमाएर ३ सय १७ रन बनाएको थियो।
भारतका शिखर धवनले ९८ रनको अर्धशतकीय इनिङ्स खेल्दा केएल राहुलले अविजित ६२ रनको अर्धशतकीय इनिङ्स खेले। त्यस्तै डेब्यु खेलाडी कुर्नाल पाण्डयले अविजित ५८ रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान विराट कोहलीले ५६ रनको इनिङ्स खेले । रोहित शर्मा २८ रनमा आउट भए। इंग्ल्यान्डका बेन स्टोक्सले ३ तथा मार्क उडले २ विकेट लिए।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij