
Jun 12 2025 | २०८२, जेठ २९ गते
सुनसरी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारसँग बहुमत भएकाले कांग्रेसले चाहदैमा नयाँ सरकार गठन नहुने बताएका छन् । उनले सर्वोच्च अदालतको आदेशपछि एमाले र माओवादी केन्द्रमा विभाजित भए पनि पुष्पकमल दाहालले सरकारको समर्थन फिर्ता नलिएकोले बहुमतको संयुक्त सरकार नै भएको बताए ।
'अहिले एउटा पार्टी सरकारमा छ, त्यसलाई प्रचण्डजीको पार्टीले समर्थन गरेको छ, देउवाले भने, 'त्यसैले यो संयुक्त सरकार हो । संयुक्त सरकार भएकाले बहुमतको सरकार भयो । बहुमतको सरकार हुँदाहुँदै कांग्रेसले चाहदैमा नयाँ सरकार गठन हुँदैन । कांग्रेस विपक्षी पार्टी हो, विपक्षमै रहन्छ ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij