Logo

Aug 11 2025 | २०८२, साउन २६ गते

Aug 11 2025 | २०८२, साउन २६ गते

तास खेलिरहेको अवस्थामा प्रहरीको 'इन्ट्री', ८ जुवाडे पक्राउ

तास खेलिरहेको अवस्थामा प्रहरीको 'इन्ट्री', ८ जुवाडे पक्राउ

  •  भक्तपुर । चाँगुनारायण नगरपालिका-९ ताथली बस्ने ४५ वर्षीय बिष्णु थापाको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४६ वर्षीय राजन थापा क्षेत्री लगायत ८ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ६५ हजार १ सय ८० रुपैयाँ र ५ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

    images
    images
    images

    नवलपरासी९पूर्व०, गैंडाकोट नगरपालिका-१ मौलाकालिका गेट नजिकै होटल ग्रिन फोरेस्टमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३६ वर्षीय नवराज क्षेत्री लगायत ८ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख २५ हजार ५ रुपैयाँ, १ हजार ६ सय १० भारतीय रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

    images

    यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij