Logo

Aug 11 2025 | २०८२, साउन २६ गते

Aug 11 2025 | २०८२, साउन २६ गते

प्रेमिले लगाए प्रेमिकालाई आगो !

प्रेमिले लगाए प्रेमिकालाई आगो !

  • काठमाडौँ । काठमाडौँको गोठाटारमा  प्रेमी–प्रेमिकाबिच भएको आपसी विवादका क्रममा प्रेमिले प्रमिकालाई मट्टितेल छर्किएर आगो लगाएको छ । सो क्रममा दुई जना घाइते भएका छन् । घाइतेहरु प्रेमी–प्रेमिका भएको प्रहरीको  प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार काठमाडौंको गोठाटारमा कोठा गरी बस्ने सोलुखुम्बुकी १८ वर्षीया युवतीको कोठामा सो घटना भएको हो । जोरपाटी घर भएका सुरज श्रेष्ठ युवतीको कोठामा पुगेका थिए भने उनीहरु प्रेमीप्रेमिका बताइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौं एसपी रमेश कुमार बस्नेतले युवतीको कोठामा आपसी विवादका क्रममा युवकले मट्टितेल छर्किएर ‘युवतीलाई पनि मार्ने र आफूपनि मर्ने’ भन्दै आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।

    images
    images
    images

    सो क्रममा युवतीको अनुहारलगायत माथिल्लो भाग जलेर गम्भीर अवस्थामा कीर्तिपुरस्थित फेक्ट अस्पतालमा उपचार भइरहेको उनले बताए ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij