
Aug 11 2025 | २०८२, साउन २६ गते
काठमाडौं । महासंघको हालै गठन भएको स्टार्टअप एण्ड इनोभेसन समितिले ५० स्टार्टअप छनोट गर्नेछ । स्टार्टअप छनोटका लागि महासंघले आवेदन खुला गर्ने
समितिले महिनाको दोस्रो हप्तासम्म प्राप्त आवेदनबाट पहिलो सूची तयार पार्नेछ । मे महिनाको अन्तिम हप्ता अन्तर्वार्ता र जुनको दोस्रो हप्ता छनोट भएका ५० स्टार्टअपको अन्तिम सूची सार्वजनिक गरिने बताइएको छ । स्टार्टअपलाई अनिल चित्रकार, ओमराज भण्डारी, सौरभ ज्याति, पशुपति मुरारका, आशुतोष तिवारी, रन्जित आचार्य, सुमन शाक्य, सिद्धान्तराज पाण्डे, अमति अग्रवालले मेन्टरशिप प्रदान गर्नेछन् । साथै विश्वास ढकाल, दीलिप अग्रवाल, सुमना श्रेष्ठ, निरज खनाल, आनन्द बगारिया, गगन प्रधान, निरन्जन श्रेष्ठ, सनम चित्रकार, योगेन्द्र शाक्य, भाष्कर ढुंगाना र संजय गोल्छाले मेन्टरशिप प्रदान गर्नेछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij