Logo

Aug 11 2025 | २०८२, साउन २६ गते

Aug 11 2025 | २०८२, साउन २६ गते

 उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप सहज, स्वयंसेवक परिचालनमा तीव्रता

 उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप सहज, स्वयंसेवक परिचालनमा तीव्रता

  •  काठमाडौं । उपत्यकामा बर्षेनी सुरक्षित सडक प्रयोग नगर्दा धेरै पैदलयात्रु दुर्घटनामा परी ज्यान गुमाउनुको साथै ठुलो संख्यामा तथ्याङ्कबाट देखिएको छ ।सडक सुरक्षा तथा ट्राफिक नियमलाई बेवास्ता गरी लापरबाही तरिकाले सडक पार गर्ने, जथाभावी हिड्डुल गर्दा दुर्घटनाको जोखिम उच्च रहने र समग्र सडक व्यवस्थापनमा समेत त्यसले असर परेकाले त्यसलाई न्युनिकरण गर्न ट्राफिक स्वयंसेवक परिचालन एउटा प्रभावकारी भएको महाशाखाले जनाएको छ । महाशाखाले राष्ट्रिय सेवा दलका ५० जना र ट्रिनिटी कलेज र मेधावी कलेजका ४५ जना बिद्यार्थीलाई स्वयंमसेवक सम्बन्धी प्रशिक्षण दिइ सवारी तथा पैदलयात्रीको चाप हुने विभिन्न चोक जक्सन, आकाशेपुल र जेब्राक्रसिङमा १० दिन सम्म सोमबार देखि परिचालन गरिएको महाशाखाले जनाएको छ । 

    images
    images
    images

    उपत्यकाको बढि सवारी चाप तथा पैदलयात्रुको भीडभाड हुने स्थानमा सहजर सुरक्षित आवागमन गर्ने लक्ष्यसहित ट्राफिक स्वयंसेवक परिचालन गरिदै आएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो । त्यसरी खटिने ट्राफिक स्वयंसेवकले सुरक्षित तरिकाले बाटो काट्न सहयोग गर्नुका साथै आकाशेपुल तथा फुटपाथको प्रयोग नगर्ने पैदलयात्रुलाई जथाभावी बाटो नकाट्न र नियमको पालना गर्न सन्देश प्रवाह गर्ने हेतु स्वयमसेवकले कार्य गर्ने एसएसपी भट्टराईले जानकारी दिनुभयो । हाल बिभिन्न चरणमा ६ सय १९ जना स्वयंसेवक परिचालन भैसकेका छन भने ५७ जना ले दैनिक काम गर्दै आएका छन । यस अघि महाशाखाले बिभिन्न संघसंस्था, स्कुल कलेजका विद्यार्थीलाई ट्राफिक स्वयमसेवक सम्बन्धी प्रशिक्षण दिई विभिन्न चरणमा परिचालन गरिएको र त्यसको प्रभावकारिता सँगै यसलाई निरन्तरता दिएको बताएको छ ।

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij