Logo

Aug 11 2025 | २०८२, साउन २६ गते

Aug 11 2025 | २०८२, साउन २६ गते

बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएपछि लम्की तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर

बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएपछि लम्की तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर

  • काठमाडौं । कैलालीमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिकाकी २२ वर्षीया कमला देवकोटालाई बसले ठक्कर दिएपछि उनको मृत्यु भएको हो । मृत्यु भएपछि आफन्तहरुले पूर्वपश्चिम राजमार्गको लम्की सडकखण्ड अवरुद्ध पार्नुका साथै ईलाका प्रहरी कार्यालय घेराउ गरेका छन् ।पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्कीचुहा नगरपालिकाको लम्की चोकमा टीकापुरतर्फ जाँदै गरेको ना ६ ख ८८३३ नम्बरको बसले ठक्कर दिएपछि उनको मृत्यु भएको हो । मृतकको शव ईलाका प्रहरी कार्यालय लम्कीको गेटमा राखेर आफन्त र स्थानीयले प्रदर्शन गरेका छन् ।

    images
    images
    images

    प्रदर्शनकारीहरूले ईलाका प्रहरी कार्यालय लम्कीभित्र पसेर तोडफोड गर्नुका साथै डिउटीमा रहेका प्रहरीमाथि हातपात गर्न खोजेपछि प्रहरीले केही सेल अश्रुग्यास र हवाई फायर गरेको बताइएको छ । अहिले लम्की क्षेत्र निकै तनावग्रस्त रहेको छ, स्थानीयले गरेको ढुंगामुढाबाट सशस्त्र प्रहरीका डिएसपी र प्रहरी निरीक्षकसमेत घाइते भएका छन् । अहिले सो सडक खण्ड भएर चल्ने सम्पूर्ण सवारी साधनहरु अवरुद्ध भएको छ । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij