
Jul 04 2025 | २०८२, असार २० गते
यदि चीजहरू सजिलो हुँदै आउँदैछन् र तपाईं आरामदायक हुनुहुन्छ भने तपाईं जीवनको कुनै कठिन मोडमा फस्नुहुनेछ ।
अन्नले भरिएको भाँडोको माथि मुसो राखिएको थियो । उ आफ्नो वरिपरि यति धेरै खाना पाउँदा बहुत खुसी भयो । सोच्यो अब मलाई खानेकुरा खोज्न वरिपरि दगुर्नु आवश्यक पर्दैन र खुशीसाथ आफ्नो जीवन जिउन सक्छु ।
अन्न खाँदा खाँदै केही दिनमै, उ भाँडोको तल्लो भागमा पुग्यो । अब उ पासोमा परेको छ र बाहिर बाहिर आउन सक्दैन । उ बाँच्नको लागि अब अरुको अन्नमा निर्भर हुनु पर्छ । उसले आफूलाई मन पर्ने अन्न नपाउन पनि सक्छ ।
कथाले ४ वटा सन्देश दिन्छ !
१. छोटो अवधिको रमाइलोले लामो अवधिको पासोमा पार्दछ ।
२. यदि चीजहरू सजिलो हुँदै आउँदैछन् र तपाईं आरामदायक हुनुहुन्छ भने तपाईं जीवनको कुनै कठिन मोडमा फस्नुहुनेछ ।
३. जब तपाईं आफ्नो सीप प्रयोग गर्नुहुन्न, तपाईं आफ्नो कौशल भन्दा बढी गुमाउनु हुनेछ । त्यति मात्र होइन तपाईंले आफ्नो विकल्पहरु समेत गुमाउनुहुनेछ ।
४. सही कार्य सही समयमा गर्नुपर्छ, अन्यथा तपाईंसँग जे छ त्यो गुमाउनुहुनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij