Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

लेवान्डोस्कीको ह्याट्रिकमा बायर्नको शानदार जित

लेवान्डोस्कीको ह्याट्रिकमा बायर्नको शानदार जित

  • काठमाडौं । बायर्न म्युनिखले जर्मन बुन्डेसलिगा फुटबलमा शानदार जित हात पारेको छ । शनिवार राति भएको खेलमा १० खेलाडीमा सिमित बायर्नले स्टुटगार्डलाई ४-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा बायर्नलाई जित दिलाउन रोबर्टो लेवान्डोस्कीले ह्याट्रिक गरे । यस्तै सर्जी जिनाब्रीले एक गोल गरे । खेलको १२ औं मिनेटमा अल्फन्सो डेभिसले रातो कार्ड पाएपछि बायर्न १० खेलाडीमा समेटिएको थियो । तर, खेलको १८ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । जिनाब्रीले खेलको २२ औं मिनेटमा गोल गर्दा घरेलु टिमको अग्रता २-० को बन्यो । खेलको २३ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता ३-० को बनाए । त्यसपछि खेलको ३९ औं मिनेटमा लेवान्डोस्कीले ह्याट्रिक पूरा गर्दै बायर्नलाई ४-० को जित दिलाए । जितसँगै बायर्नले २६ खेलमा ६१ अंक जोडेको छ । बायर्न शीर्ष स्थानमा यथावत रहेको छ ।

    images
    images
    images

    स्टुटगार्ड ३६ अंक जोडेर आठौं स्थानमा रहेको छ । एजेन्सी

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij