Logo

Jun 07 2025 | २०८२, जेठ २४ गते

Jun 07 2025 | २०८२, जेठ २४ गते

खसी नदिएको झोँकमा विप्लव समुहद्वारा श्रेष्ठको हत्या

खसी नदिएको झोँकमा विप्लव समुहद्वारा श्रेष्ठको हत्या

  • काठमाडौं । मृतक राजेन्द्र श्रेष्ठकी पत्नी धनकुमारी श्रेष्ठलाई उद्धृत गर्दै एक स्थानीयले बताएअनुसार आइतबार साँझ साग टिपेर फर्कंदै गर्दा बारीबाट नचिनेका दुईजना भाग्दै थिए। को हो भन्दै उनीहरूतिर लाइट बाल्दा ‘निभा’ भनेर हकारे। घरदेखि अलि पर कात्तिके भन्ने ठाउँमा श्रेष्ठको बाख्राको खोर छ।

    images
    images
    images

     ‘उहाँ (राजेन्द्र श्रेष्ठ)ले बिहान बाख्रालाई घाँसपात र पानी दिन जा, मचाहिँ घरमै बस्छु गाई ब्याउन लागेको छ भन्नुभयो,’ धनकुमारीले भनिन्, ‘छिमेकीहरू आत्तिँदै बाख्रा खोरमै आएर तपाईंको पतिलाई कसैले अपहरण गरेर लगे भने। त्यसपछि सबै जना खोज्न थाल्यौं। खोज्दै जाँदा बन्दुक पड्केको आवाज आयो र त्यसतर्फ जाँदा शव भेटियो।’

    images

    उनका अनुसार हत्याराहरूले एउटा खसी र एउटा बाख्रा मागेका थिए। ‘उनीहरूलाई श्रीमान्ले बाख्रा चाहिँ दिने भन्नुभएको थियो। खसी नदिँदा यस्तो घटना भयो,’ उनले भनिन्।

    श्रेष्ठ शिक्षक मात्रै थिएनन्, उनले समाजसेवीका रूपमा समेत आफूलाई स्थापित गरेका थिए। ‘रानो नै गएपछि यहाँको के हुन्छ रु अब विद्यालयको हालत के होला रु उहाँले जस्तो विद्यालय कसले सम्हाल्छ रु’ स्थानीय एक युवकले बताए।

    आजको नागरिक दैनिकमा समाचार छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij