
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । जितसँगै आर्सनल युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीवार राति भएको अन्तिम १६ को दोस्रो लेगमा ओलम्पियाकोससँग १-० ले पराजित भएपनि आर्सनलले अन्तिम आठमा प्रवेश गरेको हो । घरेलु मैदानमा हारको बाबजुत आर्सनल समग्रमा ३-२ को जितसहित अन्तिम आठमा पुगेको हो । पहिलो लेगमा आर्सनलले ३-१ गोलको फराकिलो जित निकालेको थियो । इमिरेट्स स्टेडियममा १० खेलाडीमा सिमित ओलम्पियाकोसलाई जित दिलाउन युसुफ एल अरबीले निर्णायक गोल गरे । अरबीले ५१ औं मिनेटमा गोल गरेका थिए ।
यस्तै ८२ औं मिनेटमा ओउसेनु बाले दोहोरो पहेलो कार्डसहित रातो कार्ड प्राप्त गर्दा ओलम्पियाकोस १० खेलाडीमा समेटिएको थियो । एजेन्सी
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij