
Aug 06 2025 | २०८२, साउन २१ गते
सन्तोषले योजनाबद्ध रुपमा पत्नीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
काठमाडौं । ३३ वर्षीय सन्तोषी श्रेष्ठको हत्या आरोपमा प्रहरीले उनको श्रीमानलाई पक्राउ गरेको छ । हत्या आरोपी सन्तोष सापकोटालाई कुलेश्वरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए ।
सोमबार साँझ बोरामा पोको पारेको अवस्थामा सन्तोषीको शव फेला परेको थियो । पति सन्तोष सापकोटा उर्फ यज्ञकुमारले ह्यामरले हिर्काएर पत्नीको हत्या गरेको प्रहरीसँग स्वीकारेका छन् । सन्तोषले योजनाबद्ध रुपमा पत्नीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । श्रीमतीको हत्यापछि उनको सिक्री, बाला र मुन्द्रा सन्तोषले निकालेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij