
Aug 06 2025 | २०८२, साउन २१ गते
काठमाडौँ । आज नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ ।
नेप्से बुधबार २.३५ अंकले बढेर २८३६.३५ विन्दुमा पुगेको हो । आजको कारोबारमा विभिन्न ३२० कम्पनीका २ करोड १६ लाख ५७ हजार ७०६ कित्ता शेयर ७ अर्ब ६३ करोड १३ लाख ७५ हजार ९५२ मा किनबेच भएको नेप्सेले जनाएको छ ।
आज वीन नेपाल लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ भने महुली लघुवित्त र ट्रेड टावर लिमिटेडको शेयर ९.९९ प्रतिशतले बढेको छ ।
त्यस्तै आज थ्रीस्टार हाइड्रोको शेयर मुल्य ३.७८ प्रतिशतले घटेको छ । आज सबै भन्दा बढी कारोबार एनगाडी ग्रुप पावरको २९ करोड ४५लाख र हिमालयन रिइन्सुरेन्सको २८ करोडको कारोबार भएको नेप्सेले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij