
Aug 06 2025 | २०८२, साउन २१ गते
काठमाडौं । कर्णाली नदिमा हराइरहेका दैलेख आठबीस नगरपालिकाका एकै परिवारका ५ जनामध्ये बेपत्ता रहेकी ५ वर्षीया बालिका रजनी बडुवालको शव भेटिएको छ । घटनाको नौ दिन पछि आज दिउँसो रजनीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखका नायब उपरीक्षक (डिएसपी) अनुपम श्रेष्ठले बताए । शव अछाम जिल्लाको अछामको तुर्माखाँद गाउँपालिका–३ स्थित कर्णाली नदी किनारमा भेटिएको डिएसपी श्रेष्ठले बताए । शव पोष्टमार्टमका लागि अछामको मंगलसेनस्थित जिल्ला अस्पतालमा लगिएको
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij