
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । नेपालले त्रिदेशीय अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको पहिलो खेलमा किर्गिस्तानसँग भिड्ने छ ।
नेपाल र किर्गिस्तानबीचको खेल मार्च २५ गते हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले त्रिदेशीय अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको खेल तालिका सावर्जनिक गरेको हो । एन्फाले मंगलबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । दशरथ रंगशालामा हुने प्रतियोगिता चैत ९ देखि १७ (मार्च २२ देखि ३०) सम्म हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा किर्गिस्तान र बंगलादेश खेल्ने छन् । उद्घाटन खेल २३ मार्चमा हुनेछ । यस्तै दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल २७ मार्चमा हुनेछ । राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगितामा कुल ४ खेल हुनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij