
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । नेपाल सुपर लिग खेल्ने टोली ललितपुर सिटी फुटवल क्लबले पनि मार्की खेलाडी घोषणा गरेको छ । भाटभटेनी सुपर मार्केटको स्वामित्वमा रहेको ललितपुरले राष्ट्रिय टिमका अन्जन बिस्टलाई आफ्नो मार्की खेलाडीका रुपमा सार्वजनिक गरेको हो । ए डिभिजन क्लब मनाङ मस्र्याङदीबाट ब्याबसायिक फुटवल खेल्दै आएका अन्जन र क्लब बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उनी र क्लब बीच पाँच लाख ५० हजारमा सम्झौता भएको हो । मार्की खेलाडी सार्वजनिक गर्ने ललितपुर दोस्रो फ्रेन्चाजी हो । यसअघि धनगढी फुटवल क्लबले विशाल राइलाई मार्की खेलाडी बनाएको थियो । अन्जन पछिल्लो पाँच वर्ष यता नियमित राष्ट्रिय टिममा छन् । नेपालले बंगबन्धु गोल्डकप, एएफसी सोलिडाटी कप र १२ औं सागमा स्वर्ण जित्दा अन्जन टिमका मुख्य सदस्य थिए । उनले नेपालका लागि साफ अन्डर नाइन्टिनको उपाधी पनि जितेका छन् । सात टिम सहभागी हुने सुपर लिग बैशाख एघार गतेबाट काडमाडौंमा सुरु हुनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij