
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । इटालियन सिरी ‘ए’फुटबलमा युभेन्टसले सहज जित हात पारेको छ । आइतवार राति भएको खेलमा युभेन्टसले काग्लियारीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । काग्लियारीको मैदानमा युभेन्टसलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरे । काग्लियारीविरुद्धको ह्याट्रिकसँगै रोनाल्डोले आधिकारिक खेलमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाए । रोनाल्डोले आधिकारिक खेलमा ७ सय ७० गोल पूरा गर्दै पेलेको कीर्तिमान तोडेका हुन् । पेलेको नाममा ७ सय ६७ गोल रहेको छ । ब्राजिलियन लिजेण्ड पेलेले रोनाल्डोलाई बधाई समेत दिएका छन् । यस जितसँगै युभेन्टसले २६ खेलमा ५५ अंक जोडेको छ । युभेन्टस लिगको तेस्रो स्थानमा रहेको छ ।
काग्लियारी २२ अंक जोडेर १७ औं स्थानमा रहेको छ । एजेन्सी
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij