Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

रोनाल्डोको ह्याट्रिकमा युभेन्टसको शानदार जित

रोनाल्डोको ह्याट्रिकमा युभेन्टसको शानदार जित

  • काठमाडौं । इटालियन सिरी ‘ए’फुटबलमा युभेन्टसले सहज जित हात पारेको छ । आइतवार राति भएको खेलमा युभेन्टसले काग्लियारीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । काग्लियारीको मैदानमा युभेन्टसलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरे । खेलको १० औं मिनेटमा रोनाल्डोले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको २५ औं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै टिमको अग्रता २-० को बनाए ।खेलको ३२ औं मिनेटमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा पहिलो हाफमा युभेन्ट्स ३-० ले अघि रह्यो ।

    images
    images
    images

    यस्तै खेलको ६१ औं मिनेटमा जियोभानीले एक गोल फर्काए ।  काग्लियारीविरुद्धको ह्याट्रिकसँगै रोनाल्डोले आधिकारिक खेलमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाए । रोनाल्डोले आधिकारिक खेलमा ७ सय ७० गोल पूरा गर्दै पेलेको कीर्तिमान तोडेका हुन् । पेलेको नाममा ७ सय ६७ गोल रहेको छ ।

    ब्राजिलियन लिजेण्ड पेलेले रोनाल्डोलाई बधाई समेत दिएका छन् ।

    यस जितसँगै युभेन्टसले २६ खेलमा ५५ अंक जोडेको छ । युभेन्टस लिगको तेस्रो स्थानमा रहेको छ । काग्लियारी २२ अंक जोडेर १७ औं स्थानमा रहेको छ । एजेन्सी

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij