Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । हिमालयन बैंक र खप्तड छेडेदह गाउँपालिकाको सहकार्यमा सञ्चालन भएको ‘एक घर एक बैंक खाता’ अभियान नेपालमै पहिलो पटक सम्पन्न गरेको उपलक्ष्यमा आयोजित नमुना गाउँपालिका घोषणा सभा कार्यक्रममा ३१ वटा सामुदायिक विद्यालयहरुलाई शैक्षिक सामाग्रीहरु उक्त समाग्रीहरु विद्यालयहरुका प्रधानाध्यापक तथा विद्यालयका प्रतिनिधिहरुलाई हस्तान्तरण गरिएको हा ।
सो कार्यक्रममा नेपाल राष्ट्र बैंकका तर्फबाट प्रादेशिक कार्यालय धनगढीका निर्देशक सुवासचन्द्र घिमिरे, हिमालयन बैंकका तर्फबाट कार्यकारी सञ्चालन अधिकृत मृगेन्द्र प्रधान, सुदुरपश्चिम प्रदेश प्रमुख सरोज रेग्मी तथा छेडेदह शाखाका शाखा प्रमुख करण रिजाल र गाउँपालिकाका अध्यक्ष रबहादुर रावतको उपस्थिति रहेको थियो । कार्यक्रमका सभापति तथा गाउँपालिकाका अध्यक्ष रावतले बैंकको सहकार्य र सहयोगप्रति धन्यवाद ज्ञापन गरे ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij