Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

बायर्न म्युनिखको सहज जित

बायर्न म्युनिखको सहज जित

  • काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखले सहज जित हात पारेको छ । शनिवार राति भएको खेलमा बायर्नले वेर्डेर ब्रेमेनलाई ३(१ गोल अन्तरले पराजित गरेको हो । ब्रेमेनको मैदानमा खेलको २२ औं मिनेटमा गोर्टेज्काले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए ।

    images
    images
    images

    खेलको ३५ औं मिनेटमा जिनाब्रीले गोल गर्दा बायर्नल २(० को अग्रता बनायो । ६७ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई ३(० को अग्रता दिलाए । यस गोलसँगै लेवान्डोस्कीले बुन्डेसलिगामा २ सय ६८ गोल पूरा गरेका छन् ।

    लेवान्डोस्की बुन्डेसलिगामा सर्वाधिक धेरै गोल गर्ने खेलाडी सूचीको दोस्रो स्थानमा रहेका क्लाउस फिस्चरसँग बराबरी गोल गर्न समेत सफल भए । यस्तै खेलको ८६ औं मिनेटमा घरेलु टिमका निक्लासले एक गोल फर्काएपनि बायर्न ३(१ ले विजयी भयो ।

    जितसँगै बायर्नले २५ खेलमा ५८ अंक जोडेको छ । ब्रेमेन ३० अंक जोडेर १२ औं स्थानमा रहेको छ । एजेन्सी

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij