Logo

Aug 03 2025 | २०८२, साउन १८ गते

Aug 03 2025 | २०८२, साउन १८ गते

फेसबुकले ल्यायो ‘इन्स्टाग्राम लाइट’

फेसबुकले ल्यायो ‘इन्स्टाग्राम लाइट’

  • काठमाडौं । फेसबुकले इन्स्टाग्रामको लाइट भर्सन सार्वजनिक गरेको छ । अब इन्स्टाग्राम चलाउन महंगो स्मार्टफोन र हाई स्पिड इन्टरनेट नचाहिने भएको छ । फेसबुकले इन्स्टाग्रामको लाइट भर्सन सार्वजनिक गरेपछी इन्स्टाग्राम चलाउन महंगो स्मार्टफोन र हाई स्पिड इन्टरनेट नचाहिने भएको हो  ।इन्स्टाग्रामको लाइट भर्सन जम्मा दुई एमबी मात्र रहेको र कम स्पिडको इन्टरनेटमा चलाउन सकिने फेसबुकले जनाएको छ ।

    images
    images
    images

    हाल इन्स्टाग्राम लाइट एन्ड्रोइड स्मार्टफोनमा मात्रै सार्वजनिक गरिएको छ । लाइट भर्सन ल्याटिन अमेरिका,एसिया, अफ्रिका सहितका १७० देशमा सार्वजनिक गरिएको छ । फेसबुकले यस अघि नै फेसबुक लाइट ल्याइसकेको छ ।

    images

    इन्स्टाग्राम लाइटमा प्रमुख भर्सनमा रहेका करिब सबै मुख्य फिचरर्स चलाउन सकिने छ । छिट्टै आईओएसमा पनि इन्स्टाग्राम लाइट ल्याइने फेसबुकले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij