Logo

Aug 03 2025 | २०८२, साउन १८ गते

Aug 03 2025 | २०८२, साउन १८ गते

त्रिशूलीमा ट्रक खस्दा २ घाइते, एक जनाको अवस्था गम्भीर

त्रिशूलीमा ट्रक खस्दा २ घाइते, एक जनाको अवस्था गम्भीर

  • चितवन । पृथ्वी राजमार्गको चुुम्लिङटारमा त्रिशूलीमा ट्रक खस्दा दुई घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सुनवलबाट काठमाडौंतर्फ जाँदै गरेको लु २ ख २७६ नम्बरको सिमेन्ट बोकेको ट्रक इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा अनियन्त्रित भई सडकबाट १०० मिटर तल त्रिशूली नदीमा खसेको हो ।

    images
    images
    images

    ट्रक त्रिशूलीमा खस्दा ट्रकका चालक र सहचालक घाइते भएका छन् । घाइते हुनेमा ट्रकका चालक नवलपरासी, सुनवलका २८ वर्षीय दीपक मगर र सहचालक १७ वर्षीय सुदीप विक रहेका छन् । उनीहरुमध्ये चालक मगरको अवस्था गम्भीर रहेको छ भने सहचालकको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइते दुवैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्रक राति २ बजे दुर्घटना भएको हो ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij