Logo

Aug 03 2025 | २०८२, साउन १८ गते

Aug 03 2025 | २०८२, साउन १८ गते

दुर्व्यबहार गरेको आरोप लागेका विनय धरौटीमा छुटे

दुर्व्यबहार गरेको आरोप लागेका विनय धरौटीमा छुटे

  • काठमाडौँ । विनयजंग बस्नेत धरौटीमा छुटेका छन् । सपना रोका मगरलाई दुर्व्यबहार तथा गालीगलौज गरेको मुद्दामा पक्राउ परेका बस्नेत २४ दिनपछि रिहा भएका हुन् । बस्नेतलाई बुधबार जिल्ला अदालत काठमाडौंले ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । उनीसँग अभद्र व्यवहारमा १० हजार र साइवर अपराधको मुद्दामा ४० हजार रुपैयाँ धरौटी माग गरेको थियो। विनयविरुद्ध सपनाले माघ १९ गते प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी थिइन्। प्रहरीले उनलाई काठमाडौँको गोंगबुबाट फागुन ४ गते पक्राउ गरेको थियो।

    images
    images
    images

    प्रहरीले मंगलबार अनुसन्धान सकेर प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो। उक्त प्रतिवेदनमा साइवर अपराधमा ५ वर्षसम्म जेल वा एक लाख रुपैयाँ जरिवाना र अभद्र व्यवहारमा एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना माग दाबी गरिएको थियो।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij