
Aug 03 2025 | २०८२, साउन १८ गते
काठमाडौं । महाशिवरात्री तथा सेना दिवसको अवसरमा नेपाली सेनाले सञ्चालन गरेको ‘आर्मी गट ट्यालेण्ट–२०७७’मा विभिन्न पृतना तथा त्यसअन्तरगतका युनिटका सहभागीहरु विजयी भएका छन् । नेपाली सेनालाई प्रेरणा दिने उद्देश्यले आयोजित प्रतियोगितामा विभिन्न पृतना हेडक्वार्टर तथा त्यसअन्तर्गतको युनिटहरुबाट छानिएका २६ जनामध्ये १४ जना निर्णायक प्रतिष्पर्धी थिए । वाद्यवादन विधामा केशव मगर र थोमबहादुर गुरुङ, मूर्तिकला विधामा कौसीबहादुर बुढा, हेण्ड स्टेण्ड विधामा हरिचन्द्र गिरी, नृत्य कलामा कृष्ण श्रेष्ठ, सन्तुलन कलामा नितराज खतिवडा र पेन्टिङ विधामा खरुराम थापा मगर विजयी भए । उनीहरुले जनही ५० हजार रुपैंयाँ, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij