Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

पुलिसले दियो काठमाडौंलाई १ सय ९८ रनको लक्ष्य

पुलिसले दियो काठमाडौंलाई १ सय ९८ रनको लक्ष्य

  • काठमाडौं । काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस क्लबले काठमाडौं मेयर-११ लाई जितका लागि १ सय ९८ रनको लक्ष्य प्रस्तुत गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ४७ ओभर ४ बलमा अलआउट हुँदै १ सय ९७ रन बनायो । पुलिसका लागि योगेन्द्र सिंह कार्कीले सर्वाधिक ४० रन बनाए । ५५ बलमा उनले ४ चौका प्रहार गरे । यस्तै कुशल भुर्तेलले ३४ रन जोड्दा पवन सर्राफले २८ रन बनाए । दिपेन्द्र सिंह ऐरी २४ रनमा आउट हुँदा सुनिल धमला २२ तथा दिलिप नाथ १२ रनमा आउट भए । काठमाडौंका लागि कप्तान सन्दीप लामिछाने, हरिशंकर साह र विपिन खत्रीले ३-३ विकेट लिए ।

    images
    images
    images

    पुलिसले ३ खेलमा ४ अंक जोडेको छ । काठमाडौंको यो तेस्रो खेल हो । काठमाडौंले २ खेलमा २ अंक जोडेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij