Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

‘बी’ डिभिजन लिगमा मध्यपुर विजयी, सातदोबाटोको अपराजित यात्रा रोकियो

‘बी’ डिभिजन लिगमा मध्यपुर विजयी, सातदोबाटोको अपराजित यात्रा रोकियो

  • काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत सोमवार भएको खेलमा सातदोबाटो युथ क्लब पराजित भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा सातदोबाटो मध्यपुर युथ एसोसिएशनसँग २–१ गोलअन्तरले पराजित भएको हो । सातदोबाटो पहिलो पटक प्रतियोगितामा पराजित भएको हो । मध्यपुरका लागि कैलाश लामिछाने र सन्नी लामाले एक/एक गोल गरे ।

    images
    images
    images

    यस्तै सातदोबाटोका लागि सान्त्वना गोल माल्डिना आङथुपुले गरे । खेलको २९औँ मिनेटमा मध्यपुरका कैलाश लामिछानेले पहिलो गोल गरेका हुन् । खेलको ५०औँ मिनेटमा मध्यपुरका माल्डिना आङथुपुले गोल फर्काए । खेलको ५८औँ मिनेटमा मध्यपुरका सन्नी लामाले दोस्रो गोल गरे । जीतसँगै मध्यपुरले १० खेलबाट १३ अङ्क जोडेको छ । मध्यपुर लिगको छैटौँ स्थानमा उक्लेको छ । यस्तै सातदोबाटो पराजित भएर पनि १० खेलमा २५ अङ्क जोडेर लिगको शीर्ष स्थानमा कायमै छ । सातदोबाटो ‘ए’ डिभिजनमा बढुवा भइसकेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij