
Aug 02 2025 | २०८२, साउन १७ गते
काठमाडौं । धनुषामा ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने पक्राउ परेका छन् । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मिथिला नगरपालिका-५ विशरामपुर बस्ने ६५ बर्षीय कुमार बहादुर मगरलाई आइतवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मगरले सोही ठाउँस्थित कुखुरा फर्ममा ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij