Logo

Aug 02 2025 | २०८२, साउन १७ गते

Aug 02 2025 | २०८२, साउन १७ गते

महिला सशक्तीकरणका लागि शिक्षा र आर्थिक आत्मनिर्भरता पहिलो पाटो : उपराष्ट्रपति नन्दबहादुर पुन

महिला सशक्तीकरणका लागि शिक्षा र आर्थिक आत्मनिर्भरता पहिलो पाटो : उपराष्ट्रपति नन्दबहादुर पुन

  • काठमाडौं ।    अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल चेम्बर अफ कमर्सको महिला चेम्बरद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पुनले महिला हिंसाको अन्त्य नभएसम्म समाज सभ्य र सुरक्षित बन्न नसक्ने बताएका छन् । महिला हिंसाका घटना न्यूनीकरण हुन नसकेको र अपराधीहरू कानुनी दायरामा आउन नसकेकाले सबैले गम्भीरतापूर्वक सोच्ने वेला आएको बताएका छन् । उनले भने, ‘महिला हिंसाका घटना न्यूनीकरण हुन सकिरहेको छैन । यो ज्यादै दुःखको कुरा हो । स–साना बालबालिकाहरूको बलात्कारपछि हत्याका घटनामा अपेक्षाकृत न्यूनीकरण हुन सकिरहेको छैन । 

    images
    images
    images

    उपराष्ट्रपति पुनले राज्यका हरेक निकायमा महिला सहभागिता बढिरहेको उल्लेख गर्दै यस उपलब्धिप्रति गर्व गर्दै बाँकी उपलब्धिका लागि सचेत रहन आग्रह पनि गरे । महिला सशक्तीकरणका लागि शिक्षा र आर्थिक आत्मनिर्भरता पहिलो पाटो रहेको भन्दै उनले देशको समृद्धिका लागि उद्यम क्षेत्रमा महिलाको सहभागिता आवश्यक रहेकोमा जोड दिए ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij