
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । १११ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सोमबार आयोजित श्रीमतीले श्रीमान् बोकेर दौडिने कार्यक्रममा तनहुँको देवघाट गाउँपालिकाले आयोजना गरिएको हो । देवघाट–५ स्थित कालिका माध्यमिक विद्यालयमा उक्त प्रतियोगिता आयोजना भएको थियो । उक्त दौड एक सय मिटरको थियो । गाउँपालिकाले नारी दिवसका अवसरमा विविध कार्यक्रम आयोजना गर्दैछ । त्यसमध्ये श्रीमान् बोकेर दौडिने प्रतियोगिता नयाँखाले कार्यक्रम हो । महिला समाजका हरेक पक्षमा सबल रहेको देखाउनुको लागि यस प्रकारको प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij