
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । काठमाडौंको गोकर्णस्थित गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा सम्पन्न पहिलो प्रथम आङ छिरिङ शेर्पा स्मृति गल्फ प्रतियोगिताको विजेता सुमन जोशी बनेका छन् । यति ग्रुपले आयोजना गरेको प्रतियोगिता शुक्रबार र शनिबार भएको थियो भने प्रतियोगितामा १५० गल्फ खेलाडी सहभागी थिए । प्रतियोगितामा सहभागी प्रत्येक प्रतिस्पर्धीले एक पटक ‘होल इन वान’ प्रहार गर्ने मौका पाएका थिए ।
जसमा जोशीले यो सफलतासँगै कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले प्रायोजन गरेको किया सोनेट एचटिएक्स कार जितेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij