Logo

Aug 02 2025 | २०८२, साउन १७ गते

Aug 02 2025 | २०८२, साउन १७ गते

महिला दिवसले सार्थकता पाउन पितृसत्तात्मक सोच हटाउनु पर्छ : मुख्यमन्त्री पौडेल

महिला दिवसले सार्थकता पाउन पितृसत्तात्मक सोच हटाउनु पर्छ : मुख्यमन्त्री पौडेल

  • मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पितृसत्तात्मक सोच र चिन्तनलाई हटाउन सक्दा मात्र महिला दिवसको नाराले सार्थकता पाउने बताएका छन् । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज सोमवार शुभकामना सन्देश जारी गर्दै उनले महिला हकहित र अधिकारका सन्दर्भमा नेपालले संवैधानिक तथा कानूनीरुपमा विविध सकारात्मक प्रबन्ध गरेको उल्लेख गरे ।

    images
    images
    images

    “प्रत्येक वर्ष मार्च ८ गते विश्वभर लैंगिक समानता, महिला हकहित र अधिकारमा जोड दिँदै मनाउने गरिएको अन्तर्राष्ट्रिय महिला दिवसको सम्पूर्ण दिदीबहिनीमा हार्दिक शुभकामना ब्यक्त गर्दछु”, मुख्यमन्त्री पौडेलले सन्देशमा भने ।

    images

    यस वर्ष १११औँ अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा ‘महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने राष्ट्रिय नारा तय गरिएको छ । महिला हकहित र अधिकारका सन्दर्भमा नेपालले संवैधानिक तथा कानूनीरुपमा विविध सकारात्मक प्रबन्ध गरेको छ । यसैका कारण राष्ट्रपतिको गरिमामय जिम्मेवारीदेखि संघ, प्रदेश एवं स्थानीय सरकारसम्म महिलाको उल्लेखनीय प्रतिनिधित्व सम्भव भएको शुभकामना सन्देशमा उल्लेख छ ।

    शुभकामना सन्देशमा भनिएको छ “आधा हिस्सा जनसंख्या आगटेका महिलाको नीति निर्माणको तहमा बलियो उपस्थिति भए तापनि संविधान र कानूनमा उल्लेखित प्रबन्धको व्यावहारिक कार्यान्वयनका लागि थप पहलकदमीको आवश्यकता छ । विगतदेखि नै जरा गाढेर बसेको पितृसत्तात्मक सोच र चिन्तनलाई हटाउन सक्दा मात्र महिला दिवसको नाराले सार्थकता पाउन सक्दछ ।

    यसका लागि प्रदेश सरकार ठोस नीति र कार्यक्रमसहित अघि बढेको छ । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सरकारको यस अभियानमा सम्पूर्ण महिला दिदीबहिनी एवं सरोकारवाला निकायको साथ र सहयोगको अपेक्षासहित पुनःहार्दिक शुभकामना व्यक्त गर्दछु”,

    images

    लैंगिक समानताका विषयमा अझै समस्या व्याप्त

    वाग्मती प्रदेशसभाका उपसभामुख राधिका तामाङले महिला अधिकार र लैङ्गिक समानताका विषयमा अझै समस्या ब्याप्त रहेकामा चिन्ता व्यक्त गरकी छिन् ।

    अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले लैंगिक विभेद, बलात्कार र बेचबिखन जस्ता मानव सभ्यताकै कलंकबाट मुक्त हुन नसक्नु दुःखद् कुरा भएको उल्लेख गरि । सोही अवसरमा हेटौँडामा र्‍यालीसहित चेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij