Logo

Aug 02 2025 | २०८२, साउन १७ गते

Aug 02 2025 | २०८२, साउन १७ गते

देशभरका पहाडी भूभागमा पानी पर्ने

देशभरका पहाडी भूभागमा पानी पर्ने

  • काठमाडौं । पश्चिमी वायुको प्रभावले आज (सोमवार) देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हिमपात हुने भएको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागहरुका साथै वाग्मती र प्रदेश नं १ का केही स्थानमा मेघगर्जन सहित हल्का वर्षा हुनेछ । साथै उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    images
    images
    images

    विभागका मौसमविद् शान्ति कँडेलले पश्चिमी वायुको प्रभावल बेलुका सम्म कायम रहने जानकारी दिइन् । उनका अनुसार मंलगबारदेखि मौसम सफा हुनेछ । हाल देशका पश्चिमी पहाडी भूभागहरुमा पूर्ण बदली रही अन्य पहाडी भेगमा सामान्य बदली रहेको छ ।

    images

    दिउँसो देशका पहाडी भूभागहरुमा सामान्य बदली रही बाँकी भूभागहरुमा आंशिक बदली रहने जनाइएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ९ दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २२ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबै भन्दा कम जुम्लाको न्युनतम तापक्रम शून्य दशमलव सात डिग्री सेल्सियस रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij