Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

काठमाडौं मेयर कप क्रिकेट : काठमाडौं मेयर्स ११ र एपीएफ विजयी

काठमाडौं मेयर कप क्रिकेट : काठमाडौं मेयर्स ११ र एपीएफ विजयी

  • काठमाडौं । काठमाडौं मेयर कपमा काठमाडौँ मेयर्स ११ र सशस्त्र प्रहरी बलको एपीएफ क्लब आ–आफ्नो खेलमा विजयी भएका छन् । काठमाडौं मेयर्सले वाग्मती प्रदेशलाई ९४ रनले तथा एपिएफ क्लबले नेपाल पुलिस क्लबलाई एक विकेटले पराजित गरेको हो ।  मूलपानी खेल मैदानमा भएको खेलमा कप्तान सन्दीप लामिछानेले उत्कृष्ट खेल प्रदर्शन गरेपछि काठमाडौं मेयर्सले वाग्मती प्रदेशलाई फराकिलो रन अन्तरले पराजित गरेको हो । पहिला ब्याटिङ गरेको काठमाडौं मेयर्सले ५० ओभरमा नौ विकेटको क्षतिमा २४४ रन बनायो । उसका लागि कप्तान लामिछानेले २० बलमा ६ छक्कासहित ४२ रन बनाए ।

    images
    images
    images

    यस्तै सन्दीप रजालीले ३३, सिद्धान्त लोहनीले ३४, सौरभ खनालले अविजित ४९ तथा विपिन खत्रीले ३२ रन बनाए । बलिङतर्फ वाग्मतीका नन्दन यादवले चार तथा रामनरेश गिरी र आरियो पौडेलले दुई/दुई विकेट लिए । २४५ रनको लक्ष्य पछ्याएको वाग्मतीले ३४ दशमलव तीन ओभरमा सवै विकेटको क्षतिमा १५० रन मात्र बनाउन सक्यो । वाग्मतीका लागि पृथु बास्कोटाले ६०, कप्तान ज्ञानेन्द्र मल्लले १७, आदिल खानले १५, पारस खड्काले १० तथा इशान पाण्डेले १७ रन बनाए । बलिङतर्फ काठमाडौं मेयर्सका सन्दीप लामिछानेले तीन तथा बिपिन खत्री र अनिल खरेलले दुई÷दुई विकेट लिए । लामिछाने ‘प्लेयर अफ दी म्याच’ घोषित भए ।

    यसैगरी त्रिवि क्रिकेट मैदानमा आज सम्पन्न अर्को खेलमा एपिएफले पुलिसमाथि रोमाञ्चक जीत हासिल ग¥यो । पुलिस क्लबले ५० ओभरमा सात विकेटको क्षतिमा २५८ रन बनायो । पुलिसले दिएको २५९ रनको लक्ष्य एपिएफले एक बल बाँकी छँदै नौ विकेट गुमाएर पुरा ग¥यो । एपिएफका सन्दीप जोराले ६१, सुवास खकुरेलले ५०, आसिफ शेखले ४२, सुमित महर्जनले ३३ र कप्तान शरद भेषवाकरले २० रन बनाए । बलिङतर्फ पुलिसका पवन सर्राफले पाँच, योगेन्द्रसिंह कार्कीले दुई तथा दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले एक/एक विकेट लिए ।

    यसअघि पुलिसका लागि दीपेन्द्रसिंह ऐरीले शतक प्रहार गरे । उनले १३१ बलमा ११ चौका र ६ छक्काको मद्दतमा १४० रन बनाए । यस्तै पवन सर्राफले ३५, सुनिल धमलाले ३३, अनिल शाहले १८ तथा कुशल भुर्तेलले १० रन बनाए । एपिएफका लागि शरद भेषवाकरले तीन विकेट लिए । पुलिसका दीपेन्द्रसिंह ऐरी ‘प्लेयर अफ दी म्याच’ घोषित भए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij