
Aug 02 2025 | २०८२, साउन १७ गते
प्रचण्डले सर्वोच्च अदालतले आफूहरुले अपेक्षा गरेभन्दा भिन्न किसिमको निर्णय आएको बताएका छन् ।
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकता ऋषी कट्टेललाई दिने सर्वोच्च अदालतको निर्णयबारे प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रिया दिएका छन् । त्यसमा प्रतिक्रिया जनाउँदै प्रचण्डले सर्वोच्च अदालतले आफूहरुले अपेक्षा गरेभन्दा भिन्न किसिमको निर्णय आएको बताएका छन् । साथै त्यसबारे अन्य प्रतिक्रिया भने सर्वोच्चको फैसला अध्ययनपछि मात्रै दिने बताएका छन् । नेकपा आफ्नो रहेको दाबी गर्दै कट्टेलले दायर गरेको मुद्दामा आइतवार फैसला गर्दै सर्वोच्चले प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डले नेतृत्व गर्दै आएको नेकपाको आधिकारिकता समेत खारेज गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij