
Apr 19 2025 | २०८२, वैशाख ६ गते
एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सहज जित निकालेको छ । गए राति एल सदर स्टेडियमा भएको खेलमा बार्सिलोनाले ओसासुनालाई २–० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाका लागि खेलको ३० औं मिनेटमा लियोनल मेस्सीको पासमा जोर्डी अल्बाले र ८३ औं मिनेटमा मेस्सीकै पासमा इलाइक्स मोरिबाले एक एक गोल गरे ।
जितपछि दोस्रो स्थानको बार्सिलोनाको २६ खेलबाट ५६ अंक भएको छ । दुई खेल कम खेलेको शीर्ष स्थानको एथ्लेटिको मड्रिडको ५८ अंक र एक खेल कम खेलेको तेस्रो स्थानको रियल मड्रिडको ५३ अंक छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij