
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । ढोरपाटक क्लब तथा जिल्ला भलिवल संघ काठमाडौं र साउथ वेस्टन स्टेट कलेजको आयोजनामा प्रथम प्रदेश स्तरीय भलिवल रेफ्रि प्रशिक्षण २०७७ को शुभारम्भ भएको छ । एक हप्तासम्म हुने प्रशिक्षणमा ७७ वटै जिल्लाका गरी १०८ जना प्रतिनिधिहरुको सहभागिता रहेको छ ।
सैदान्तिक साथै प्रयोगात्मक दुवै रहेको उक्त प्रशिक्षणमा अनुमान गरिएको भन्दा धेरैको उपस्थिती रहेको जिल्ला भलिवल संघ काठमाडौंका अध्यक्ष सुदर्शन जमकटेलले जानकारी दिए । अनुमान गरिएभन्दा धेरै प्रशिक्षार्थीहरुको सहभागिता रहेको कारण व्यवस्थापनमा केही समस्या रहेको र सहजीकरणका लागि २ समूह बनाइएको अध्यक्ष जमकटेलले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij