
Aug 01 2025 | २०८२, साउन १६ गते
बुटवल । रुपन्देहीमा अर्थमन्त्री विष्णु पौडेलको गाडीमाथि ढुंगा प्रहार भएको छ । मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गर्न पुगेका पौडेलमाथि ढुंगा प्रहार भएको हो । कार्यक्रम स्थलमा स्थानीयले विरोध प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकै बीच पौडेलले औद्योगिक क्षेत्रको शिलान्यास गरेका छन् ।
बिहिबार शिलान्यासका लागि तयार पारिएको मञ्च स्थानीयले भत्काइदिएका थिए । त्यहाँका स्थानीयले आफ्नो जग्गामा औद्योगिक क्षेत्र बनाउन नदिने भन्दै विरोध गरेका हुन् । उनीहरुले आफ्नो समस्या समाधान गरेर मात्र औद्योगिक क्षेत्र बनाउन माग गर्दै आएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij