
Aug 01 2025 | २०८२, साउन १६ गते
काठमाडौँ । म्यानमारमा सैन्य ‘कू’ पछि भएको प्रदर्शनहरूमा सर्वसाधारणमा माथि भएको हिंसा र दमनको विरोधमा ललितपुरमा प्रदर्शन गरिएको छ । वृहत् नागरिक आन्दोलनले भैँसेपाटीस्थित म्यानमारको दूतावासको अगाडि प्रदर्शन गरेको हो । उनीहरुले म्यानमारमा नरसंहार बन्द गर्न तथा लोकतन्त्र पुनर्बहाली गर्न लगायतका प्लेकार्ड तथा ब्यानर बोकेका थिए ।
प्रदर्शनमा डा.गोविन्द केसी, नारायण वाग्ले, खगेन्द्र संग्रौला लगायतको सहभागीता छ । म्यानमारमा गत फेब्रुअरी १ मा सैनिक ‘कू’ भएपछि सुरु भएको प्रदर्शन दबाउन सुरक्षाकर्मीले गोली चलाउँदा ५० भन्दा बढीको मृत्यु भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij