
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । सातौँ संस्करणको प्रधानमन्त्रीकप महिला भलिबल प्रतियोगिता आजबाट नेपालगन्ज रंगशालामा सुरू हुँदैछ । ‘महिलासुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’भन्ने मुल नाराका साथ २१ देखि फागुन २५ सम्म नेपालगन्ज रंगशालामा हुने प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी, महेन्द्र पुलिस क्लव, सशस्त्र प्रहरी, होगाजी न्यू डायमण्ड र स्थानीय लुम्बिनी युनाइटेड गरि पाँच वटा टिमले सहभागिता जनाउने आयोजक क्रियटिभ ह्याण्डसका अध्यक्ष टीएस ठकुरीले जानकारी दिए ।
यस पटकको प्रधानमन्त्रीकपमा प्रथम हुनेले पाँच लाख, दोस्रो हुनेले दुई लाख, तेस्रोले एकलाख र चौथोले ५० हजार रुपैयाँ तथा ट्रफी पाउने भएका छन् । प्रतियोगिताको लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बराल मगरले उद्घाटन गर्ने कार्यक्रम तय भएको ठकुरीले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij