Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

प्रचण्ड–माधवपक्षको संसदीय दलको बैठक आज

प्रचण्ड–माधवपक्षको संसदीय दलको बैठक आज

  • काठमाडौं । संसद पुनर्स्थापना भएसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै पक्षले संसदीय दलको बैठक बोलाएका छन् । आइतबार बस्ने प्रतिनिधि सभा बैठकको पूर्वसन्ध्यामा दुवै नेकपाले संसदीय दलको बैठक बोलाएका हुन् । नेकपा प्रचण्ड–माधव पक्षले शुक्रबार दिउँसो १ बजेका लागि सिंहदरबारमा दलको बैठक बोलाएको छ भने ओली पक्षले आइतबार ३ बजे दलको बैठक डाकेको छ । प्रचण्ड–माधव पक्षले आज बोलाएको बैठकमा प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावबारे छलफल हुने नेताहरुले बताएका छन् । सो पक्षले यसअघि नै अविश्वास प्रस्ताव दर्ता गरेपनि उक्त प्रस्ताव अघि बढाउने वा फिर्ता लिएर अर्को प्रक्रियामा जाने भन्ने विषयमा समेत छलफल हुने बताइएको छ ।

    images
    images
    images

    यस्तै, नेपाली काँग्रेस संसदीय दलको बैठक पनि शुक्रबारै बस्दैछ । काँग्रेसले दिउँसो २ बजेलाई दलको बोलाएको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij