
Apr 19 2025 | २०८२, वैशाख ६ गते
इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले साविक विजेता लिभरपुललाई पराजित गरेको छ । गएराती लिभरपुलको घरेलु मैदान एनफिल्डमा सम्पन्न खेलमा चेल्सीले लिभरपुललाई १–० गोल अन्तरले हराएको हो । चेल्सीको जीतमा मेसन माउन्टले निर्णायक गोल गरेका थिए । खेलको ४२औं मिनेटमा एन्गलो कान्टेको पासमा माउन्टले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।
जितसंगै चेल्सी लिगको चौंथो स्थानमा उक्लिएको छ । चेल्सीले २७ खेलबाट ४७ अंक जोडेको छ भने लिभरपुल ४३ अंक जोडेर सातौं स्थानमा रहेको छ । एजेन्सी ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij