
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड युरोपा लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । बिहीवार राति अन्तिम ३२ को दोस्रो लेगमा रियल सोसीडाडसँग गोलरहित बराबरी खेलेको युनाईटेड समग्रमा ४-० को जितसहित अन्तिम १६ मा पुगेको हो ।
पहिलो लेगमा फराकिलो जित निकालेको युनाईटेडले दोस्रो लेगमा भने गोल गर्न सकेन । तर, पहिलो लेगमा निकालेको ४-० को जितले युनाईटेड प्रि-क्वाटरफाइनलमा पुग्न सफल भयो ।
स्पेनिस क्लब सोसीडाडले भने पेनाल्टीमा गोल गर्ने मौका गुमाएको थियो । खेलको १३ औं मिनेटमा मिकेल ओयार्जाबल पेनाल्टीमा गोल गर्न चुकेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij