Logo

Jul 28 2025 | २०८२, साउन १२ गते

Jul 28 2025 | २०८२, साउन १२ गते

रवि लामिछानेको ‘ग्यालेक्सी फोरके’ टिभी अफिसियल लञ्च

रवि लामिछानेको ‘ग्यालेक्सी फोरके’ टिभी अफिसियल लञ्च

  • काठमाडौँ । सञ्चारकर्मी रवि लामिछाने नेपालमै पहिलो पटक फोरके टेलिभिजन च्यानल लञ्च गरेका छन् । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी लामिछानेले ‘ग्यालेक्सी फोरके’ टेलिभिजन च्यानलको घोषणा गरेका हुन् । उद्घाटन समारोहमा लामिछानेले सर्वसाधारणको हेडलाइन टेलिभिजनमा आउने र दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गर्ने बताए । ‘जतिपनि आम सर्वसाधारण हुनुहुन्छ, जसको मुद्दा ओझेलमा पर्यो ती सर्वसाधारणको मुद्दालाई प्राथमिकतामा राखेर आफ्ना न्यूज र हेडलाइन बनाउँछौं’, लामिछानेले भने ।

    images
    images
    images

    ‘ग्यालेक्सी फोरके’ टेलिभिजनको अध्यक्षमा डीबी राई रहेका छन् भने उपाध्यक्ष छविलाल बञ्जाडे र प्रबन्ध निर्देशकमा रवि लामिछाने स्वयम् रहेका छन् । आफ्नै टेलिभिजन ल्याउने भएपछि लामिछानेले केही साता अगाडी न्युज २४ च्यानलबाट बिदा भएका थिए ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij