
Apr 02 2025 | २०८१, चैत २० गते
ललितपुर । ललितपुरको इमाडोलबाट आठ वर्षीय बालक अनोख साहको अपहरणको जानकारी पाउनासाथ प्रहरी परिचालन भयो । प्रहरीको सक्रियतामा अपहरणमा परेका एक बालकको साँढे दुई घण्टामा उद्दार भएको छ । ललितपुर प्रहरीको सक्रियताले ललितपुरकै हरिसिद्धिबाट बालकको उद्दार भएको छ ।
महानगरीय प्रहरी ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले इमाडोलबाट अपहरणमा परेका बालक साहको हरिसिद्धिबाट उद्दार भएको जानकारी दिए । उनका अनुसार, बालकको साथबाट अपहरणमा संलग्न रहेको अभियोगमा प्रहरीले सर्लाही घर भएका राजु कार्कीसहित तीनजनालाई नियन्त्रणमा लिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij