Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

पशुपतिनाथ भित्र जलहरीले ल्याएको हल्लीखल्ली !

पशुपतिनाथ भित्र जलहरीले ल्याएको हल्लीखल्ली !

  • वागमती प्रदेशका सांसद नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुंगानाले रिट दायर गरेका हुन् ।

    images
    images
    images

    काठमाडौं । पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने निर्णय कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा सोमवार रिट दायर भएको छ । वागमती प्रदेशका सांसद नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुंगानाले रिट दायर गरेका हुन् । पुरातात्विक सम्पदा सम्बन्धि ऐन, विश्व सम्पदाको मापदण्ड र शैव दर्शनको मान्यता विपरित सुनको जलहरी राख्न लागिएको भन्दै उक्त निर्णय बदर गराउन माग गरिएको रीटमा प्रधानमन्त्री, मन्त्रीपरिषदको कार्यालय, संस्कृति मन्त्रालय र पशुपति क्षेत्र विकास कोषलाई विपक्षी बनाईएको छ ।

    रिट निवेदनमाथि छलफलका लागि पर्सी बुधवार पेशी तोकिएको छ । सरकारले पशुपतिनाथभित्रको ज्योर्तिलिङ्गमा एक अर्ब रुपैयाँ भन्दा बढी लगानीमा १ सय ८ किलोको सुनको जलहरी राख्ने निर्णय गरेको थियो । त्यसका लागि क्षमापूजा समेत गरिसकेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij