Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

एयरपोर्टमा समातियो सुन

एयरपोर्टमा समातियो सुन

  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ सय ५० ग्राम बराबरको सुनका तीन थान बालासहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको मलंगवा नगरपालिका–३ घर भइ काठमाडौं महानगरपालिका–३२ पेप्सीकोला बस्दै आएका ४१ वर्षीय मोहम्मद मेराज मिकरानी छन् ।

    images
    images
    images

    प्रहरीका अनुसार उनले कतार एयरवेजको उडानमार्फत नेपाल आएका यात्रुले ल्याएको सुन संकलन गरेर लैजान लागेका थिए । कतार एयरवेजबाट नेपाल आएका यात्रुलाई भन्सार छली गर्न लगाएर मिकरानीले सुन लैजान लागेको अवस्थामा पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

    मिकरानीलाई बरामद बाला सहित आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको प्रहरीले जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij