Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । आज बुधबार नेप्से ४.१५ अंकले घटेर २७४०.२५ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३३९ कम्पनिका ५६ लाख ४३ हजार २८८ कित्ता शेयर २ अर्ब ८० करोड ७४ लाख ४६ हजार ३६१ मा कारोबार भएको थियो । आज उत्पादन र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज, सबैभन्दा बढी एशियन हाइड्रोको शेयरमा ११.४२ प्रतिशतले बढेको छ भने धवलागिरी लघुवित्तको शेयर ११.१७ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी एसवाईप्यानलको २७ करोड ७९ लाखको कारोबार भएको छ भने रिढी पावरको ९ करोड ८५ लाख बराबरको कारोबार भएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij